नेपालमा जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो,संक्रमित १०३,जेठयता २० जनाको मृत्यु

शुक्रबार, भाद्र १३, २०८२

theme

नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) को प्रकोप बढ्दै जाँदा हालसम्म १०३ जना संक्रमित र जेठयता मात्रै २० जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

 

 

स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको ७० प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । कोसी प्रदेशका झापा, मोरङ र तेह्रथुममा एक/एक गरी तीनजनाले ज्यान गुमाएका छन् । यस्तै, मधेसका रौतहट र बारामा दुई/दुई, चितवन र नवलपरासीमा तीन/तीन, अर्घाखाँचीमा एकजनाको मृृत्यु भएको छ । नवलपरासीमा दुईजनाको मृृत्यु भएको छ । प्युठान, दाङ र बर्दियामा गरी तीनजनाको मृृत्यु भएको छ ।  यसबाट कैलालीमा एकजनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

 

 

स्वास्थ्यकर्मीहरूका अनुसार यो रोग सुँगुर र हाँसलाई टोकेका लामखुट्टेले मानिसलाई  टोक्दा सर्छ, मुख्य लामखुट्टेको टोकाईबाट बच्नुपर्र्छ,क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ ।

 

 
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल