धादिङबेसीमा शिक्षा ऐनप्रति असन्तुष्टि जनाउँदै विरोधस्वरूप निजी तथा आवासीय विद्यालयहरूले आज विरोध प्रदर्शन गरेका छन् ।
प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको संयुक्त आह्वानमा गरिएको प्रदर्शनमा धादिङका विद्यालयहरूको सक्रिय सहभागितामा ३० भन्दा बढी स्कुल बससहित सवारी जुलुस निकालेका हुन् । विद्यालय सञ्चालकहरूले संघीय शिक्षा ऐनमार्फत निजी विद्यालयहरूलाई क्रमशः बन्द गर्ने तयारी भएको भन्दै कडा आपत्ति जनाएका छन् । सरकारले ल्याउन लागेको नयाँ ऐन विभेदकारी छ र यसले निजी विद्यालयको अस्तित्वलाई चुनौती दिनेछ । प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टले शिक्षा ऐनमा समावेश प्रावधानहरू अन्यायपूर्ण भएको बताए । सो आन्दोलनमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले पनि ऐक्यबद्धता जनाउँदै विद्यालयहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
विद्यालयहरूले पूर्ण छात्रवृत्ति प्रावधान खारेज गर्नुपर्ने, पोशाक, स्टेशनरी तथा खानपान उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था हटाउनुपर्ने, कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको प्रावधान हटाउनुपर्ने लगायतका माग अघि सारेका छन् माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी विद्यालयहरूले दिएका छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ