धादिङबेशी देखि सल्यानटार जोड्ने सडकमा राखिएका ट्राफिक संकेतको लापरबाही, यात्रु र चालक दुवै जोखिममा

सोमबार, भाद्र १६, २०८२

theme

 

धादिङको सदरमुकाम धादिङबेशी देखि त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार जोड्ने सडकमा राखिएका  ट्राफिक संकेत उल्टो पाल्टो भएका कारण दुर्घटनाको जोखिम बढाएको छ  । 

 

 

धादिङबेशीबाट त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यान्टार जोडन्  सडक कालोपत्रे भएर सञ्चालनमा आएको झण्डै ६ वर्ष पुग्न लाग्यो । एसियाली विकास बैंक(एडीबी)ले निर्माण गरेको यो सडकमा ठाउँ ठाउँमा घुम्ती, उकालो, ओरालो  सडकमा दुई तर्फी यातायातका साधन सञ्चालन हुन्छन् । झट्ट हेर्दा सडक ठिकठाक जस्तो देखिन्छ तर यो सडकमा राख्नु पर्ने ट्राफिक संकेत भने सही रुपमा छैनन् साथै आवश्कता अनुसार पनि छैनन् । सड़कमा राखिएको ट्राफिक संकेत हेर्दा यहाँ सडक मोडिएको एकातर्फ छ तर ट्राफिक संकेतले उल्टो दिशा देखाइरहको छ । ट्राफिक संकेत सही स्थानमा नभएका कारण यो सडकमा सवारी साधन चलाउनेहरुलाई असहज त भइरहेको छ साथमा दुर्घटनाको जोखिम समेत बढेको चालक लक्ष्मण रिमालको भनाई छ । उल्टो पाल्टो गरेर ट्राफिक संकेत राखेकोमा सडक विभागले ध्यान दिनु पर्ने चालकको भनाइ छ । सडक विभागले ट्राफिक संकेत सही स्थान र सही रुपमा नराखिदिँदा दैनिक आवत जावत गर्ने  सवारी साधनहरुलाई बढी समस्यामा पर्ने गरेका छन्  ।

 

 

ग्रामिण सडकमा त ट्राफिक संकेत लगभग शुन्य बराबर हुन्छन् । सडक सुरक्षा विज्ञहरूका अनुसार नेपालमा हरेक वर्ष सडक संकेत चिन्हको अभाव, गलत स्थानमा राखाइ वा क्षतिग्रस्त अवस्थाका कारण ठूलो संख्यामा दुर्घटना हुने गरेको छ । सडक विभाग लगायतका सरोकारवाला निकायले ट्राफिक संकेत अविलम्ब राखेर दुर्घटना न्यूनीकरणमा ध्यान दिन आवश्यक छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ