अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुग्यो

मंगलबार, भाद्र १७, २०८२

theme

अफगानिस्तानमा आइतबार मध्यरातमा गएको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ ।

 

 

प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । तालिवान सरकारले सोमबार उपलब्ध गराएको तथ्यांकअनुसार २ हजार ५ सयभन्दा बढी घाइते भएका छन् ।  राति ११ः४७ बजे अधिकांश मस्त सुतिरहेका बेला भूकम्प आएकाले पनि भाग्न नपाई धेरै जनाको भग्नावशेषले पुरिएर ज्यान गएको बताइएको छ । केन्द्र रहेको सहरमा २ लाख मानिस बस्थे तर भूकम्पबाट सबैभन्दा धेरै क्षति जलालवादको उत्तरी प्रान्त कुनारमा भएको छ। जहाँ ढुंगा र माटोले बनेका घरहरू थिए । भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी इलाकामा रहेकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ। त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ ।

 

 

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिप्पो ग्रान्डीले भूकम्पका कारण अफगानिस्तानमा मानवीय अवस्था अत्यन्त दयनीय बनेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय दाता तथा सहयोगी संस्थाहरूलाई तत्काल राहतका लागि पहल गर्न अपिल गरेका छन् । रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघले एक विज्ञप्ति जारी गर्दै मृतकको खोजी र घाइतेको उद्धारका लागि तत्काल सहयोग गर्न आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ