अफगानिस्तानमा आइतबार मध्यरातमा गएको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ ।

प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । तालिवान सरकारले सोमबार उपलब्ध गराएको तथ्यांकअनुसार २ हजार ५ सयभन्दा बढी घाइते भएका छन् । राति ११ः४७ बजे अधिकांश मस्त सुतिरहेका बेला भूकम्प आएकाले पनि भाग्न नपाई धेरै जनाको भग्नावशेषले पुरिएर ज्यान गएको बताइएको छ । केन्द्र रहेको सहरमा २ लाख मानिस बस्थे तर भूकम्पबाट सबैभन्दा धेरै क्षति जलालवादको उत्तरी प्रान्त कुनारमा भएको छ। जहाँ ढुंगा र माटोले बनेका घरहरू थिए । भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी इलाकामा रहेकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ। त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिप्पो ग्रान्डीले भूकम्पका कारण अफगानिस्तानमा मानवीय अवस्था अत्यन्त दयनीय बनेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय दाता तथा सहयोगी संस्थाहरूलाई तत्काल राहतका लागि पहल गर्न अपिल गरेका छन् । रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघले एक विज्ञप्ति जारी गर्दै मृतकको खोजी र घाइतेको उद्धारका लागि तत्काल सहयोग गर्न आग्रह गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल