स्थानीय तहमा विकासको प्रमुख माध्यमका रूपमा मानिने वार्षिक बजेट व्यवस्थापनमा धादिङको गजुरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच गम्भीर मतभेद देखिएको छ ।

धादिङको गजुरी गाउँपालिकाको बजेट प्राथमिकता निर्धारणदेखि स्रोतको सदुपयोग गर्ने तरिकासम्ममा असहमति भएपछि गाउँपालिकाभित्रका योजना प्रभावित हुने स्थिति बनेको छ । अध्यक्ष गणेशलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत विरुद्ध आफू खुसी खर्च गर्ने गरी बजेटको आकार परिवर्तन गरिएको आरोप लागेको छ । गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट भन्दा भिन्न हुने गरी गाउँपलिका अध्यक्ष र प्रमुख प्रशाशकीय अधिकृतले बजेटको आकार बढाएको आरोप लागेको छ । गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बसुरालले भदौं १५ गते जारी गरेको विज्ञप्ती जारी गर्यों । उपाध्यक्ष विसुरालले अध्यक्ष गणेशलाल श्रेष्ठ र प्रमुख प्रशाकसीय अधिृकत होमबहादुर राउत विरुद्ध मिलेमतोमा बजेट परिवर्तन गरेको गंभीर आरोप लगाउनु भएको छ । गाउँसभाको बैठकमा उपाध्यक्ष ले बजेट पस्तुत गर्ने र बजेट पुस्तक प्रकाशन प्रश्चात लागु हुने संवैधानिक तथा कानुनी प्रवन्ध र अभ्यास हुँदै आएकोमा उपाध्यक्ष स्वंयमले बजेटको अकार र अन्र्तवस्तु नै मिलेमतोमा परिवर्तन गरिएको आरोप लगाउनु आफैंमा अनौठो र गंभीर छ । गाउँसभाले पारित गरेको बजेटमा कमा समेत परिवर्तन गर्न मिल्दैन् ।

तर गजुरी गाउँपालिकाको गत असार १० गते सम्पन्न १६ औं गाउँसभाले पारित गरेको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट पछि बजेट पुस्तक प्रकाशन हुँदा सम्म परिवर्तन भएर आएको आरोप उपाध्यक्ष विसुरालको छ । आगामि आर्थिक वर्षका लागि गाउँसभाले ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट पारित गरेकोमा बजेट पुस्तकमा ३ करोड ७ लाख थप गरी ७० करोड २९ लाख २ हजार ८ सय रुपैयाँ बजेटको आकार बढाइएको आरोप उपाध्यक्ष विसुरालले लगाउनु भएको छ । बजेटको आकार बढाउनुमा अध्यक्ष र प्रमुख प्रकाशकीय अधिकृत को मिलेमतो रहेको उपाध्यक्ष शर्मिला बिसुरालको आरोप पनि छ । तर उपाध्यक्ष विसुरालको आरोपको अध्यक्ष श्रेष्ठले खण्डन गर्नु भएको छ । बजेटको आकार बढाउनु गाउँविकास कै लागि भएकाले यसमा आपत्ति जनाउनु पर्ने कारण नभएको अध्यक्ष गणेशलाल श्रेष्ठको भनाइ छ ।

बजेटलाई लिएर जनप्रतिनिधिहरु बीच भएको आरोप प्रत्यारोपको बिषयमा स्थानीयले भने मिलेर काम गर्नु पर्ने स्थानीय शिवबहादुर चेपाङको सुझाव छ । बजेटका भएको परिवर्तनका बिषयमा छलफलका लागि विशेष गाउँसभा बोलाउन उपाध्यक्ष विसुरालको माग छ । साथै बजेटमा भएको परिवर्तनका बिषयमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कारबाही गर्न पनि उपाध्यक्ष विसुरालको माग छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल