एसइईमा शत प्रतिशत ल्याउने  प्र अ लाई बाजागाजा सहित नगर परिक्रममा गराउछौँ मेयर ढुंगानाको भनाई

बुधबार, भाद्र १८, २०८२

theme


आगामी एसइई परिक्षामा शत प्रतिशत नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बाजागाजा सहित नगर प्रक्रिममा गराईने नगर प्रमुख भीम प्रसाद ढुंगानाले उद्घोेष गर्नुभएको छ ।

 

 

नगरपालिकाको कुल बजेट मध्ये ४० प्रतिशत भन्दा बढी बजेट शिक्षा क्षेत्रमा छुट्याईएको भन्दै उहाँलेसोही अनुसारको नतिजा ल्याउने गरी प्रअहरुलाई काम गर्न आग्रह गर्नुभयो । एसइईमा शत प्रतिशत ल्याउने विद्यालयलाई नगद,विद्यार्थीलाई नगद सहित पुरस्कृत गर्ने कार्यक्रम यसअघिनै भएको भन्दै उहाँले यसबर्षदेखी एसइई परिक्षामा शत प्रतिशत ल्याउने विद्यालयलाई बाजागाजा सहित नगरपालिकाले भव्य स्वागत गर्ने प्रतिबद्धताा जनाउनुभयो । नीलकण्ठ नगरपालिकाले शत प्रतिशत नतिजा ल्याउने विद्यालयका चार लाख र चार जिपिए ल्याउने विद्यार्थीलाई नगद ५० हजार रुपँयाले सम्मान गर्दै आईरहेको छ ।  कक्षा १२ सम्मको शिक्षा निःशुल्क  गर्दा अभिभभावहरुलाई आर्थिक भार नपरेको भन्दै उहाँले विद्यालयहरुलाई पनि आर्थिक अभाव हुन नदिएको स्पष्ट पार्नुभयो ।यसबर्षदेखी कक्षा ८ को परिक्षामा समेत चार जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्ने नगर प्रमुख ढुंगानाले प्रतिबद्धता जनाउनुभएको छ । एसइई परिक्षामा शत प्रतिशत ल्याउने नीजि विद्यालयलाई आर्थिक रकम दिन नमिल्ने भएर मात्र  नदिएको भन्दै उहाँले विद्यार्थीहरुलाई सामुदायिक विद्यालयका विद्यार्थी बराबरै नगद दिएर सम्मान गरीएको समेत बताउनुभयो ।

 

 

सामाजिक विकास समितिका संयोजक मन्जु मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर प्रमुख भीम प्रसाद ढुंगाना,प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल,शिक्षा विकास  तथा समन्वय ईकाका प्रमुख भमिलाल शर्मा सुवेदी,नगर सल्लाहकार दिपक कोईराला लगायतले सम्बोधन गर्नुभएको थियो । आजदेखी सुरु भएको तालिम भोली सम्म सन्चालन हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ