निजामती सेवा दिवस २०८२ को सन्दर्भ पारेर आज धादिङको त्रिपुरासुन्दरी–१ स्थित पान्धारे दुग्धनाथ महादेव मन्दिर धामिॅक वन परिसमा वृक्षरोपण गरिएको छ ।
डिभिजन वन कार्यालय धादिङको संयोजनमा भएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले वृक्षारोणको शुभारम्भ गर्नुभयो । निजामती सेवा दिवस जिल्ला समारोह समिति धादिङ–२०८२’ र ‘कर्मचारी मिलन केन्द्र धादिङको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी गराउनु हुँदै पलॅास - २००,रुद्राक्ष - ५०,फलफुल - २० वटा बिरुवा रोपिएको वृक्षारोपणले वातावरण संरक्षणसँगै धार्मिक वन क्षेत्रलाई हराभरा बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ । सप्ताहरुपी कार्यक्रम अन्तर्गत आज वृक्षारोपण गरिएको हो । ‘यस क्षेत्रमा नक्षत्र बाटिका, ग्रह बाटिका, राशी बाटिका पहिले नै बनाइ सकिएको छ । हामीले धार्मिक वनमा पनि जोड दिदै आएका छौं । वृक्षारोपणलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै यस किसिमका कार्यक्रमले जलवायु परिवर्तन न्यूनीकरण र दिगो विकासमा टेवा पुर्याउने जानकारी दिनुभयो ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले पान्धारे दुग्धनाथ महादेव मन्दिर धार्मिक वनमा गरिएको वृक्षारोपणलाई जोगाउन सकियो भने धार्मिक तथा पर्यटकिय स्थल बन्ने बताए । ‘त्रिपुरासुन्दरी गाउँपालिका, नर्सिङ धाम, त्रिपुरासुन्दरी मन्दिर लगायत धार्मिक स्थलले प्रसिद्ध रहेको छ । यस पहिले नै नक्षत्र बाटिका, ग्रह बाटिका, राशी बाटिका समेत रोपिएको छ । अहिले पलाससहितका विरुवा रोपियो । आगामी दिनमा यस क्षेत्रले थप ऐतिहासिक महत्व बोक्ने विश्वास छ’ उनले भने । वृक्षारोपण कार्यक्रममा विभिन्न सरकारी कार्यालयका निजामती कर्मचारी, स्थानीयवासी, सामुदायिक अगुवा तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ