धादिङमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न

बुधबार, भाद्र १८, २०८२

theme

जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धादिङको त्रिपुरासुन्दरी–१ स्थित पान्धारे दुग्धनाथ महादेव मन्दिर धामिॅक वन परिसमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

 

 

वृक्षारोपण जस्ता गतिविधिले वातावरण संरक्षण मात्र नभई समुदाय र सुरक्षाकर्मीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन साथै अपराध नियन्त्रण, सामाजिक अनुशासन र सार्वजनिक सुरक्षामा नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको छ,समुदायसँग सहकार्य नगरी प्रभावकारी सुरक्षा सम्भव नहुने र प्रहरी मात्र कानून लागू गर्ने निकाय नभई समाजकै एक अभिन्न अङ्ग हो । नागरिक र सुरक्षाकर्मीबीच आपसी विश्वास, सहकार्य र संवाद बढाउन निरन्तर प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले  बताउनुभयो ।

 


कार्यक्रममा बोल्दै धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले प्रहरीप्रति जनविश्वास अझ बढाउन पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री व्यवहारलाई प्राथमिकता दिनुपर्ने र धार्मिक अगुवा र सामाजिक कार्यकर्ताहरूले युवालाई अपराध र विकृतिबाट बचाउन अभिभावक र समुदायको भूमिकामा युवापुस्तालाई समाजिक उत्तरदायित्वमा जोड दिनी बताउनुभयो ।

 

 

“ हर प्रहर,गॅाउ र नगरी टोल टोलमा नेपाल प्रहरी ” भन्ने नारासहित आयोजित कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय निकायका प्रतिनिधि, सामाजिक अगुवाहरू, धार्मिक व्यक्तित्व र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल