धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले वातावरणमैत्री ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एक सय विद्यार्थीहरूलाई निःशुल्क इन्डक्सन चुलो वितरण गरिएको छ ।

नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.मुरारी अधिकारीले विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराउनुका साथै सुरक्षित र स्वच्छ ऊर्जाले विद्यार्थीलाई स्वस्थ जीवनशैलीमा विद्यार्थीको दैनिकीमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । नीलकण्ठ बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस हो । कोठा भाडामा लिएर बस्ने विद्यार्थीहरुका लागि हेर्दा सानो सहयोग जस्तो देखिएपनि विद्यार्थीहरुको दैनिकीमा यसले ठूलो राहत मिल्ने छ । समुदायका गरिव जेहेन्दोर विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पुर्याउन यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिने छन् यस्ता सहयोग र सहकार्यले विद्यार्थीको दैनिकीमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

क्याम्पस प्रशासनले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक प्रगति मात्र नभई सामाजिक र जीवनोपयोगी पक्षलाई समेत सम्बोधन गर्ने कार्यक्रम ल्याउने बताएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल