नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द हुने

बिहीबार, भाद्र १९, २०८२

theme

बिहीबार मन्त्रालयमा बसेको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणले भने २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ ।

 

 

सरकारले सर्वोच्च अदालतले गरेको फैसलालाई उदृत गर्दै सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको हो । नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको सामाजिक सञ्जाल व्यवस्थापन एकाइमा अनिर्वाय रूपमा सूचीकृत हुनपर्ने भनेपनि २६ भन्दा बढी सामाजिक सञ्जालले सूचीकृत गर्न प्रक्रियामा आएका छैनन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण हुन आएका पाँच वटा र सूचीकरणको क्रममा रहेका दुई वटा बाहेक अन्य सबै सामाजिक सञ्जाल बन्द गर्ने बताएको छ ।

 

 

अहिलेसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी ५ वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् । नेपालमा मुख्य रूपमा फेसबुक, एक्स, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, लिङ्कडइन, स्न्यापच्याट लगायतका सामाजिक सञ्जालले दर्ता प्रक्रियामा आउन अटेर गरेको मन्त्रालयले जनाएको छ । टेलिग्राम र ग्लोबल लिङ्क दर्ताको प्रक्रियामा छन् ।

 

 

नेपाल दूरसञ्‍चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्दगर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघले भोलिसम्म समय लाग्‍ने बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ