बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई नेपाल पत्रकार महासंघ धादिङद्वारा सम्मान

शनिबार, भाद्र २१, २०८२

theme

नेपाल पत्रकार महासंघ धादिङले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई एक विशेष समारोहका बीच सम्मान गरेको छ ।

 

 

शनिवार धादिङबेसीमा आयोजित कार्यक्रममा पत्रकार महासंघ धादिङका पदाधिकारी तथा स्थानीय पत्रकारहरुले मन्त्री अधिकारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रम पछि वोल्दै मन्त्री अधिकारीले पत्रकारिता भनेको समाजको ऐना हो, आंफु जस्तो र जे अवस्थामा छ ऐनाले त्यहि देखाईदिने हुनाले ऐनामा देखिएपछि भन्दा देखिनु अघिनै हरेक व्यक्तिले आंफु चनाखो हुनुपर्ने बताउनु भयो । लोकतन्त्रको मूल आधार नै स्वतन्त्र र उत्तरदायी पत्रकारिता भएको उल्लेख गर्दै आगामी दिनमा सञ्चार क्षेत्रलाई अझ मजबुत बनाउन प्रदेश सरकार सधैं सहयोगी बन्ने आश्वासन दिएका थिए । उनले पत्रकार र सञ्चारकर्मीहरुले आचारसंहितामा रहेर काम गर्दा मात्र समाजलाई सही सूचना प्रवाह हुने र लोकतान्त्रिक अभ्यास अझ सबल हुने निडर, निरन्तर र इमान्दारीताका साथ आफ्नो जिम्मेवारी बहन गर्न सबैले प्रतिबद्ध हुनुपर्ने मन्त्री अधिकारीले जोड दिनु भयो ।

 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले  नेपाल पत्रकार महासंघ धादिङले विगतदेखि नै सञ्चारकर्मीहरुको क्षमता विकास, तालिम, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारहरूको हकहितको पक्षमा निरन्तर काम गर्दै आएको छ। श्रमजीवी पत्रकारकाे न्यायका लागि कानुन र कार्यक्रम ल्याउन आग्र गर्दै रेडियाे, टिभि, अनलाइन पत्रपत्रिकामा समानुपातिक विज्ञापन निति रकार्यक्रममा ल्याउने विस्वास व्यक्त गर्नुभयाे ।

 

 

मन्त्री अधिकारीले नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सीताराम वर्माको शालिकमा पुष्पगुच्छा अर्पण समेत गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ धादिङका पदाधिकारी, सदस्य तथा जिल्लाका विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल