हरिबहादुरको जुत्ता छायांकन सकियो , फूलपातीमा रिलिज हुने

सोमबार, फाल्गुण १९, २०८१

theme

चलचित्र 'हरिबहादुरको जुत्ता'को छायांकन सकिएको छ । २९ दिनमा चलचित्रको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो ।  

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रूपमा चलचित्रको छायांकन सम्पन्न भएको जानकारी दिए । हरिवंश भन्छन्,'निर्देशक दीपेन्द्र के खनालको नेतृत्वमा हाम्रो टिमले एकदम सहज ढंगले छायांकन सम्पन्न गर्‍यौ । चलचित्र दशैको फूलपातीमा नै रिलिज हुने निर्माता सरोज ओलीले जानकारी दिएका छन्।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज ओली र मोहित वंश आचार्य निर्माताको रूपमा रहेका छन् । हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केस, हरिहर शर्मा, पार्वती अधिकारी, दिब्यदेब पन्त, तारा शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।  हाम्रो टिम एकदम राम्रो बन्यो।  सम्पूर्ण कलाकार र प्राविधिकको सहज वातावरणले चाडै छायांकन सम्पन्न गर्न सफल हुन् पुग्यौ ।' उनले गीतहरूको पार्ट पनि सहज रूपमा चाडै छायांकनको काम सम्पन्न हुने विश्वास राखेका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल