शनिवार धादिङबेसीमा आदिवासी जनजाति अधिकार र कानुनी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आदिवासी जनजातिका अधिकार र कानुनी व्यवस्थाबारे जानकारी दिनु, नागरिकलाई आफ्नो अधिकार खोज्न उत्प्रेरित गर्नु तथा जनप्रतिनिधीलाई समन्वय गरी अधिकार सुनिश्चिततामा सहजीकरण गर्ने उदेश्यको साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ धादिङको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । फोनिज धादिङका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरको प्रमुख अतिथयता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आयोगका अध्यक्ष मगरले आदिवासी जनजातिका हक–अधिकार, हालको अवस्था, आयोगले गरिरहेका काम, उपलब्धी र आगामी दिनमा अझ प्रभावकारी बनाउन स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म गरिनुपर्ने समन्वयको बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै फोनिज धादिङका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले पत्रकार, महासंघ, सरोकारवाला निकाय र जनप्रतिनिधी एकसाथ अघि बढ्न सके मात्र आदिवासी जनजातिका सवाल र मुद्दा सहजै सम्बोधन हुनेमा जोड दिनुभयो ।
यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सहभागी बिभिन्न स्थानिय तहका वडा अध्यक्षहरूले आदिवासी जनजातिको क्षेत्रमा काम गर्दा विभिन्न जटिलता आउने बताएका थिए । उनीहरूले आफ्नै लिपी भए पनि प्रयोगमा ल्याउन कठिनाइ भएको, पर्याप्त बजेट अभावमा चाहेजति काम अघि बढाउन नसकिएको जस्ता समस्या रहेको धारणा राखेका थिए ।
कार्यक्रममा आदिवसी जनजातीहरुको अधिकार सुनिश्चिततासँग सम्बन्धित चुनौती र अवसरबारे सहभागीहरूले गहन छलफल गरेका थियो । वक्ताहरूले आदिवासी जनजातिहरूले संविधानमा प्राप्त अधिकारलाई व्यवहारमा लागू गर्ने प्रक्रियामा विभिन्न अवरोध रहेको भन्दै त्यसलाई कानुनी व्यवस्था र संस्थागत संरचनामार्फत प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सहभागीहरूले कानुनी सचेतना, समावेशी नीति, सामाजिक न्याय र पत्रकारिताको भूमिकाबारे विचार राखेका थिए । स्थानीय तहस्तरमै अधिकार सुनिश्चित गर्न समुदाय, पत्रकार र सरोकारवाला निकायबीच सहकार्य र निरन्तर संवाद आवश्यक रहेको बक्ताहरुले दाबी गर्नुभएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ