निजामती सेवा दिवस २०८२ धादिङबेसीमा विभिन्न कार्यक्रमका साथ सम्पन्न

आइतबार, भाद्र २२, २०८२

theme

“व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ आज भाद्र २२ गते निजामती सेवा दिवस, २२ औं निजामती सेवा दिवस धादिङमा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।

 

 

मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा गठित निजामती सेवा दिवस २०८२ जिल्ला मूल समारोह समिति सदरमुकाम धादिङबेशीको बजारक्षेत्रमा प्रभातफेरी सहित सिटि हलमा समापन समारोह सम्पन्न भएको थियो । एक साता अघि देखि निजामती कर्मचारी सेवा दिवसको अवसर पारेर वृक्षरोपण,ब्याडमिन्टन प्रतियोगिता,स्वास्थ्य शिविर,खुल्ला कविता वाचन प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरु संञ्चालन समेत गरिएको थियो । उक्त कार्यक्रमको अवसरमा विजेता प्रतियोगीलाई सम्मान तथा पुरस्कार पनि हस्तान्तरण गरिएको थियो । त्यस्तै दिवसको अवसरमा सम्बिधानविद,प्रसासनाबिद " काशीराज दाहाल " बाट संघियतामा कर्मचारी र समसामयिक बिषयमा उहाँले संविधान जारी भएको एक दशक हुँदा संविधान पालनाको संस्कारको विकास हुन नसकेको टिप्पणीसमेत गर्नुभएको छ।  ‘‘संविधानमा धेरै कुरा लेखिए तर त्यसको पालना गर्ने संस्कार र संस्कृतिको विकास अझैसम्म हुन सकेका छैनन्’’, दाहालले भन्नुभयो ।  यसका निम्ति विभागीय प्रमुख र कार्यालय प्रमुखहरूलाई आफ्नो मातहतको कार्यालयमा सुशासन कायम गर्ने जिम्मेवारी तोक्ने, प्रशासनलाई जनमुखी, सेवामुखी, पारदर्शी, जवाफदेही, सदाचारयुक्त उत्कृष्ट सेवा र ‘स्मार्ट’ सेवा प्रवाहमा सक्रिय बनाउने कार्यसम्पादन सम्झौता र त्यसमा आधारित मूल्याङ्कन प्रणाली, प्रभावकारी अनुगमन व्यवस्था, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष कानुनको तर्जुमा जस्ता व्यवस्था हुनुपर्ने बताउनुभयो ।

 

 

मूल समारोह समितका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले समापन मन्तव्य राख्नुहुँदै हामी सबै निजामती कर्मचारी सेवाग्राहीलाई केन्द्र बिन्दुमा खाखी कार्यस्थलमा खटिनु पर्ने बताउनु भयो साथै निजामती कर्मचारीले जनतालाई महसुस हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले असल काम र सकारात्मक व्यवहारमार्फत जनताको विश्वास बढ्ने भएकाले निजामती कर्मचारीहरु सबै जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

 

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ । निजामती प्रशासनलाई स्थायी सरकारको रूपमा समेत लिने गरिन्छ । निजामती सेवामा झन्डै ८५ हजार कर्मचारी छन् ।

 

 

साथै उक्त समापन समारोहमा विशेष अतिथि निलकण्ठ नगरपालिकाका प्रमुख नगर प्रमुख भीम प्रसाद ढुंगाना,कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्य, अन्य सेवा प्रदायक निकायका प्रतिनिधि, नागरिक समाजका व्यक्तित्व तथा स्थानीयको उल्लेख्य सहभागिता थियो  ।

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ