ads

जेन जी आन्दोलनमा १९ को ज्यान गयो, ४२२ जना घाइते अस्पतालमा

मंगलबार, भाद्र २४, २०८२

theme

देशभर फैलिएको जेन जी आन्दोलन अन्तर्गतको पछिल्लो प्रदर्शन हिंसात्मक बन्दा ठूलो मानवीय क्षति भएको छ । पछिल्ला तथ्याङ्कअनुसार प्रदर्शनमा परी मृतकको संख्या १९ पुगेको छ । भने ४२२ जना घाइते  विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौै बाहिर सुनसरीको इटहरीमा  प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ४ सय २२ जना घाइते उपचाररत छन् । 

 

समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूलाई 'जेन जी' पुस्ता भनिन्छ ।

 

 

यिनीहरूले सामाजिक सञ्जालको भित्तामा आन्दोलन गर्दै आएकामा सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सडकमा आएका हुन् । तर सरकारले सडकमा आएको पहिलो दिन नै 'जेन जी' माथि बर्बरतापूर्वक गोली चलाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल