धादिङमा बिपी कोइरालाको सालिक अनावरण, नयाँ पुस्तामा प्रेरणा जगाउने अपेक्षा

सोमबार, भाद्र २३, २०८२

theme

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रदूत बिपी कोइरालाको धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी क्याम्पस चोकमा सोमबार आयोजित विशेष समारोहबीच विपीको शालिक अनावरण गरिएको छ ।

 

शालिक अनावरण गर्दै पूर्व उपप्रधान मन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले  बिपी कोइरालाले ल्याएको लोकतान्त्रिक विचार, समाजवादप्रतिको आस्था र राष्ट्रिय एकताको संदेश आज पनि उतिकै प्रासंगिक रहेको बताएका थिए । बिपीलाई केवल राजनीतिक व्यक्तित्वका रूपमा नभई साहित्यकार, चिन्तक र दूरदर्शी नेताका रूपमा सम्झनुपर्नेमा जोड दिए । बिपीको संघर्षमय जीवन, प्रजातन्त्रका लागि गरेको बलिदान र नेपाली समाजलाई दिएको योगदानबारे चर्चा गर्दै नयाँ पुस्ताले पनि उहाँका आदर्शबाट प्रेरणा लिनुपर्ने उनको भनाई छ ।

 

अनावरण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवालाहरू, शिक्षक, विद्यार्थी तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल