https://www.facebook.com/share/v/17257nnoKz/
(भिडियो)
धादिङ जिल्ला कारागारभित्र कैदीहरु तोडफोड,आगजनी र पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।
बुधबार बिहानैदेखि कारागार परिसर तनावग्रस्त बनेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई ढुंगामुढा गर्दै कैदीबन्दीले गेट फोडेर बाहिर निस्कने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए । मंगलबार नख्खु कारागारबाट रिहा भएका पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदिबन्दी छोएको भन्दै आफुहरुलाई रिहा गर्न माग गरेर कारागार कार्यालय धादिङका कैदिबन्दीले कारगारभित्रै आगलागी गराएका छन् ।
धादिङ कारागारमा गोलि लागेर मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–४ का ६१ वर्षिय जीत बहादुर घले र नवलपरासीका सुनवल–१२ का ३६ वर्षिय इन्द्र बहादुर डाला रहेको छ ।घले जबर्जस्ती करणी र डाला लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका थिए । स्थिति नियन्त्रणमा लिनेक्रममा ६ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ । भने कैदीबन्दी ७ जना घाईते भएका छन् । घाईते मध्ये धुनिबेसी–७ का ८५ वर्षीय डम्बरबहादुर दाहाल र गजुरी–७ का ६७ वर्षीय कृष्णबहादुर मोक्तानको अवस्था गम्भीर रहेको धादिङ अस्पतालकी सूचना अधिकारी डा.अस्मिता कटुवाल क्षेत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी त्रिपुरासुन्दरी–१ का ४२ वर्षीय कपिल परियार, ४६ वर्षीय देवराज अधिकारी, गजुरी–८ का ४२ वर्षीय मेमबहादुर तामाङ, नीलकण्ठ–७ का ४१ वर्षीय रामशरण परियार र नेत्रावती डबजोङ–५ का ३४ वर्षीय विकास गुरुङ घाइते भएका छन् । घाइते ७ जनालाई थप उपचारको लागि काठमाडौ रेफर गरिएको छ ।
कारागार कार्यालय धादिङमा २ सय ४३ जना कैदी बन्दी छन् । महिला ९ जना छन् ।





गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल