बिभिन्न कारागारबाट भागेका ३५ कैदीबन्दी धादिङको गजुरीबाट नेपाली सेनाको नियन्त्रणमा

बिहीबार, भाद्र २६, २०८२

theme

देशको राजधानी काठमाडौका बिभिन्न कारागारबाट भागेका मध्ये ३५ जना कैदीबन्दीलाई धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ । 

 

 

जेन-जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका मध्ये आज बिहान मात्रै ३५ जनालाई गजुरी चेक प्वाइन्टबाट नेपाली सेनाले नियन्त्रणमा लिएको हो । पृथ्वीराजमार्गका विभिन्न स्थानहरुमा नेपाली सेनाले बुधबारदेखि चेकजाँच गरिरहेको छ । चेकजाँचको क्रममा सोधिखोजी गरेर कैदीबन्दीहरुको पहिचान गर्ने गरिएको कर्णेल अशिम श्रेष्ठले जानकारी दिनुभयो । नेपाली सेनाले साना तथा ठुला जुनसुकै सवारी प्रयोग गर्ने र पैदल हिडेर आउजाउ गर्नेहरुलाई समेत चेकजाँच गरिरहेको छ । केहिलाई गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिइएको हो । आज नियन्त्रणमा लिएकाहरुमा केन्द्रीय कारागारबाट भागेका २१ जना, नख्खु कारागारका ९ जना, भीमफेदी कारागारका ४ जना, भद्र केन्द्रीय कारागारबाट भगेका मध्ये १ जनालाई पक्राउ गरिएको धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल श्रेष्ठको भनाई छ । 

 

 

बुधबार नियन्त्रणमा लिइएका तीन जनालाई बैरेनी प्रहरीको जिम्मा लगाएपनि बिहिबार (आज) नियन्त्रणमा लिइएको ३५ जनालाई सेनाले गजुरीस्थित भैरबनाथ गणमा नै राखिरहेको र उनीहरुको व्यवस्थापनको लागि नेपाल प्रहरीसंग समन्वय भइरहेको कर्णेल श्रेष्ठले जानकारी दिनुभयो ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल