देशको राजधानी काठमाडौका बिभिन्न कारागारबाट भागेका मध्ये ३५ जना कैदीबन्दीलाई धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।
जेन-जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका मध्ये आज बिहान मात्रै ३५ जनालाई गजुरी चेक प्वाइन्टबाट नेपाली सेनाले नियन्त्रणमा लिएको हो । पृथ्वीराजमार्गका विभिन्न स्थानहरुमा नेपाली सेनाले बुधबारदेखि चेकजाँच गरिरहेको छ । चेकजाँचको क्रममा सोधिखोजी गरेर कैदीबन्दीहरुको पहिचान गर्ने गरिएको कर्णेल अशिम श्रेष्ठले जानकारी दिनुभयो । नेपाली सेनाले साना तथा ठुला जुनसुकै सवारी प्रयोग गर्ने र पैदल हिडेर आउजाउ गर्नेहरुलाई समेत चेकजाँच गरिरहेको छ । केहिलाई गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिइएको हो । आज नियन्त्रणमा लिएकाहरुमा केन्द्रीय कारागारबाट भागेका २१ जना, नख्खु कारागारका ९ जना, भीमफेदी कारागारका ४ जना, भद्र केन्द्रीय कारागारबाट भगेका मध्ये १ जनालाई पक्राउ गरिएको धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल श्रेष्ठको भनाई छ ।
बुधबार नियन्त्रणमा लिइएका तीन जनालाई बैरेनी प्रहरीको जिम्मा लगाएपनि बिहिबार (आज) नियन्त्रणमा लिइएको ३५ जनालाई सेनाले गजुरीस्थित भैरबनाथ गणमा नै राखिरहेको र उनीहरुको व्यवस्थापनको लागि नेपाल प्रहरीसंग समन्वय भइरहेको कर्णेल श्रेष्ठले जानकारी दिनुभयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ