अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला उद्यमशीलता उत्सव धादिङबेशीमा हुने

सोमबार, फाल्गुण १९, २०८१

theme

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेशीमा महिला उद्यमशीलता उत्सव हुनेभएको छ ।

यहि फागुन २४ गते दिवसको अवसरमा महिला उद्यमशीलता उत्सव हुनेभएको हो । नीलकण्ठ नगरपालिकाको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहकार्यमाआज नीलकण्ठ नगरपालिकामा बसेको बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो ।

नीलकण्ठ नगरपालिका भित्र रहेका महिलाहरुले उत्पादन गरेका वस्तुहरुको स्टल राखि विक्रि वितरण तथा प्रर्दशनी,विभिन्न सचेतना मुलक गीत,तथा नृत्य प्रस्तुत गरिने छ । सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण भन्ने मुल नाराका साथ दिवस मनाउन लागिएको हो । 

बैठकले गैंसस महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन समिति गठन समेत गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल