नेपालको राजनीतिक इतिहासमा एक महत्वपूर्ण अध्याय थपिएको छ । देशकै पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा शुक्रबार राति नियुक्त गरे ।

भ्रष्टाचारविरुद्धको सडक आन्दोलन गर्ने जेन-जी (नवयुवा)को सिफारिसमा उनै कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार प्रमुखमा नियुक्त गरेका हुन् । नेपालमा प्रधानमन्त्री नियुक्त हुन थालेको २ सय २० वर्षको इतिहासमा यो पदमा पुग्ने कार्की पहिलो महिला हुन् । १८६३ सालमा नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा बनेयता देशमा हालसम्म ४२ जना प्रधानमन्त्री बनेका छन् । शुक्रबार राति नै जेनजी समर्थनमा प्रधानमन्त्री बनेकी कार्कीले कार्यभार सम्हालिसकेकी छन् । तर मन्त्रिपरिद् सदस्यहरू भने टुंगो लगाइएको छैन । सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११:०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको छ। मिति २०८२ साल फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोक्नुभएको छ, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनको नेतृत्वलाई सबै वर्ग, क्षेत्र र समुदायबाट स्वागत गरिएको छ । विशेषगरी महिलाहरूले यो उपलब्धिलाई आफ्नो जितको रूपमा लिएका छन् । महिला नेतृहरूले भनेका छन् “यो केवल सुशीला कार्कीको सफलता होइन,सम्पूर्ण नेपाली महिलाको ऐतिहासिक विजय हो ।” सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायलाई प्राथमिकतामा राख्ने अपेक्षा व्यक्त गरेका छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल