धादिङको निलकण्ठ नगरपालिका–८ मुरली भञ्ज्याङमा आइतबार बिहान स्कारपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
आज बिहान करिब १०:४० बजे धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको BAC 4063 नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक निलकण्ठ–९ निगालपानी बस्ने ३९ वर्षीय राकेश खाती र मोटरसाइकलमा पछाडि सवार ३५ वर्षीय कुमार बराइली घाइते भएका छन् । घाइते खातीलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ ।उनको छातीमा चोट लागेकाे र अवस्था गम्भीर रहेकोले काठमाडौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । स्कारपियो चालक काठमाडौं मुलपानी बस्ने ४८ वर्षीय राजेन्द्र फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अर्का घाइतेको धादिङ अस्पतालमा उपचार भैरहेको छ । दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ