धादिङमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई,घाइतेलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ

आइतबार, भाद्र २९, २०८२

theme

धादिङको निलकण्ठ नगरपालिका–८ मुरली भञ्ज्याङमा आइतबार बिहान स्कारपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

 

 

आज बिहान करिब १०:४० बजे धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको BAC 4063 नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक निलकण्ठ–९ निगालपानी बस्ने ३९ वर्षीय राकेश खाती र मोटरसाइकलमा पछाडि सवार ३५ वर्षीय कुमार बराइली घाइते भएका छन् । घाइते खातीलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ ।उनको छातीमा चोट लागेकाे र अवस्था गम्भीर रहेकोले काठमाडौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । स्कारपियो चालक काठमाडौं मुलपानी बस्ने ४८ वर्षीय राजेन्द्र फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अर्का घाइतेको धादिङ अस्पतालमा उपचार भैरहेको छ । दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल