जेनजी आन्दोलनमा ठूलो मानवीय क्षति ७३ जनाको मृत्यु पुष्टि, प्रहरीतर्फ ३ जनाको

मंगलबार, भाद्र ३१, २०८२

theme

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा देशभर ७३ जनाको मृत्यु भएको पुष्टि भएको छ,यसैगरी प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । 

 

 

नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै र अस्पतालमा उपचारको क्रममा २१ प्रदर्शनकारीको मृत्यु भएको छ । मृतकहरुमा प्रदर्शनकारीतर्फ बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ छन् । प्रहरीतर्फ मृत्यु हुनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन् । यसैगरी भदौ २४ मा भएको लुटपाट र आगजनीको क्रममा ३८ जनाको मृत्यु भएको छ । भाटभटेनी सुपरमार्केट तथा व्यक्तिहरूको घरमा जलेको अवस्थामा १५ जनाको शव भेटिएको छ । कैदीबन्दी तथा बाल बन्दीतर्फ १० जनाको मृत्यु भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ३० शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ, जसमा २७ शव परिवारले बुझिसकेका छन् । अझै १६ शवको पोस्टमार्टम बाँकी छ, जसमा ७ वटा शव पूर्ण रूपमा जलेर पहिचान गर्न नसकिने अवस्थामा छन् । फोरेन्सिक विभागका अनुसार ती शवको पहिचान फिङ्गर प्रिन्ट, डेन्टल परीक्षण वा डीएनएमार्फत गरिनेछ,प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए । 

 

 

सरकारले मृतकको सम्मानमा असोज १ गते शोक दिवस मनाउने र राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाउने, मृतकका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ