देशभर फैलिएको जेन-जी आन्दोलनले हिंसात्मक रुप लिँदै जाँदा नेपाल प्रहरीतर्फ मानवीयका साथै ठूलो भौतिक क्षति भएको छ ।
राज्यको संरचना तथा सुरक्षातर्फ अभूतपूर्व क्षति पुगेको तथ्यांक सार्वजनिक भएको छ । प्रहरी र प्रदर्शनकारीसमेत गरी अहिलेसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ । आन्दोलनको फ्रन्टलाइनमा खटिएको प्रहरीतर्फ २३ भदौमा खासै क्षति नभए पनि २४ भदौको प्रदर्शनमा ठूलो क्षति भए २१ जनाले ज्यान गुमाए यसको भोलिपल्ट आन्दोलन थप उग्र बन्यो । दिउँसैबाट भएको तोडफोड र आगजनी राति १० बजेसम्म निरन्तर चल्यो । राति १० बजेसम्मको तोडफोड र आगजनीबाट प्रहरी कार्यालयहरू खरानी बनेका थिए । ज्यान बचाउनकै लागि प्रहरीहरू कार्यालय छाडेर भाग्नुपर्ने अवस्था आयो । बर्दी फुकालेर भाग्दै केही प्रहरीले ज्यान बचाए,केहीले बर्दी फुकाल्दै हात उठाएर प्रदर्शनकारीसँग आत्मसमर्पण गरे ।
हालसम्म आन्दोलनका क्रममा प्रहरीले प्रयोग गर्दै आएका ४४५ भवन पूर्ण वा आंशिक रूपमा ध्वस्त पारिएका छन् । यसैबीच आन्दोलन नियन्त्रण गर्ने क्रममा १,९६३ जना प्रहरी घाइते भएका छन् भने ११०० थान प्रहरीका हतियार लुटिएका छन् । घाइतेमध्ये १ हजार ९३९ जना उपचारपश्चात् डिस्चार्ज भएर घर फर्किसकेका छन् । २४ जना भने अझै अस्पतालमा उपचाररत रहेको छ । भने प्रदर्शनको क्रममा तीन प्रहरी मारिएका छन् ।
प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता तथा एसएसपी रमेश थापाका अनुसार देशभर प्रहरीका ४४५ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो । जसमध्ये १९७ प्रहरी कार्यालय पूर्ण क्षति भए । ती कार्यालयहरूमा मर्मत सम्भार गरेर पुन: प्रयोग गर्न सकिने अवस्था नै नरहेको छ । २५८ वटा प्रहरी कार्यालय भने आशिंक क्षति भएकाले मर्मत गरेर पुन: प्रयोग गर्न सकिने आकलन प्रहरीले गरेको छ । सबैभन्दा बढी क्षति त उपत्यका भित्रैका प्रहरी कार्यालयमा भए । सानाठूला गरी प्रहरीका ११०० थान हतियार लुटिएका छन् । लुटिएका हतियारहरूमध्ये करिब ३०० थान नेपाली सेनाले बरामदसमेत गरेको छ । पेस्तोल, बन्दुक, ग्यास गनलगायत हतियार लुटिएको प्रहरीको भनाइ छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ