धादिङ र काठमाडौं दुवैतर्फ नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सोमबार देखि स्थानीय बासिन्दाले ठप्प बनेको छ ।
स्थानीयको विरोधपछि आज बिहानैबाट काम रोकिएको छ,उनीहरूले क्षतिपूर्ती माग गर्दै गत असोजको दोस्रो साता आएको बाढीको कारणले एक स्थानीयको घर चर्किएको थियो । सोही घरका धनीसहित अन्य स्थानीयले सोमबार सुरुङमार्ग निर्माणस्थलमै पुगेर काममा रोक लगाएका हुन् । स्थानीयहरूले सुरुङमार्ग आयोजनाको कारण घर चर्किएको भन्दै क्षतिपूर्ती माग गरिरहेको, यता ठेकेदार पक्ष जापानीज कम्पनी भने उक्त कुरा स्वीकार गरिरहेको छैन,हामीले विभागमा पनि जानकारी गराएका छौं तर काम अगाडि बढ्न सकेको छैन,आयोजनाका सिनियर डिभिज्नल इन्जिनियर सञ्जय पन्थीले बतानुभयो ।
यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको थियो । ०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । भौतिक प्रगति ८६ प्रतिशत हाराहारी देखिन्छ । त्यस्तै, मेन टनेलको ब्रेक थ्रु १५ अप्रिल २०२४ मा भएको थियो । उद्धार टनेलको ब्रेक थ्रु भने ७ अगस्ट २०२३ मा गरिएको थियो फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।
जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो ।सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्ब रुपैयाँभन्दा माथि छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल