धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडकखण्ड दुईतर्फी बन्द भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार गएराति खसेको पहिरोले सडक दुईतर्फी नै बन्द छ, पहिरो हटाएर बाटो खुलाउने प्रयास भैरहेको छ । यस कारण यात्रु र स्थानीयलाई सुरक्षित स्थानमा रहन र लेन अनुशासन कायम गर्न अनुरोध गरिएको छ । पहिरोका कारण राती देखि सवारी साधन रोकिएका छन प्रहरीले यात्रा सुरु गर्नु अघि सम्पर्क गर्न फोन नम्बर सार्वजनिक गरेकोछ, १००, १०३, ९८५१२८३४८०, ९८५१२८६१००, ९८५१२८२६६४, ९८५५०९०१२० नारायणगढ–मुग्लिन सडकमा भने नियमित रूपमा गाडी सञ्चालन भैरहेको छ । तुइनखोलामा पहिरो खस्दा शुक्रवारदेखि बन्द सडक अस्ति आइतवारदेखि एकतर्फी खुलाइएको थियो । हिजो बेलुकीदेखि भने सडक दुईतर्फी नै सञ्चालन भैरहेको मुग्लिन प्रहरीले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल