साफ १७ वर्ष मुनिको च्याम्पियनसिप साबिक विजेता भारतसँग नेपालले पर्सी ९ गते बिहिबार खेल्ने भएको छ ।

नेपाल भने समूह ‘ए’ को उपविजेता हो ।कोलम्बो रेसकोर्समा समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रुपमा भारतलाई पाएको हो । नेपाल र भारतबीचको खेल पर्सि बिहीवार हुनेछ । पर्सि नै बंगलादेश र पाकिस्तानले पनि एकअर्कासँग खेल्नेछन् । भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले हराएको थियो । नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको थियो । तर, दोस्रो खेलमा भने साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भयो । अन्तिम खेलमा बंगलादेशले श्रीलंकालाई ४–० ले हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा चलिरहेको प्रतियोगिता आउँदो शनिवारसम्म चल्नेछ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल