श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपमा आज सेमिफाइनल खेल नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३:४५ बजे पहिलो सेमिफाइनल हुनेछ । नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगितामा अपराजित रहेको भारत नौ अङ्कसहित आफ्नो समूहको विजेता बनेको छ । नेपाल भने समूह ‘ए’ को उपविजेता हो । भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले हराएको थियो । नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलङ्कालाई २–० ले पराजित गर्दा दोस्रो खेलमा साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भयो ।

नेपालले भने अहिलेसम्म चार पटक फाइनल खेलेपनि उपाधि भने जित्न सकेको छैन । यू-१७ उमेर समूहमा अहिलेसम्म ९ संस्करण आयोजना हुँदा सर्वाधिक ६ संस्करणको विजेता भारत यस पटक पनि उपाधिको बलियो दाबेदारको रुपमा देखिएको छ । भारतले सन् २०१९ देखि यताका चार संस्करण लगातार जितेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल