चाडपर्व नजिकिंदै गर्दा उद्योग तथा वाणिज्यले दशैं र तिहार नजिकिंदै गर्दा बजार अनुगमनमा सक्रिय तीव्र बनाएकाे छ ।

चाडबाडमा व्यापारीमार्फत उपभोक्ता ठगिने क्रम रोक्ने लक्ष्यसहित उद्योग तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा विभाग र जिल्ला प्रशासन कार्यालय लगायतको संयुक्त टोलीबाट बजार अनुगमन तीव्र बनाएको हो । दसैं-तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाइ गरिएको छ,पसलमा कुनै पनि सामानको मूल्यमा एकरूपता भए नभएको, म्याद सकिएको र चाडपर्वका समयमा हुन सक्ने कालोबजारी, मिसावटलगायत गतिविधि नियन्त्रण गर्न,कालोबजारी गर्नेलाई कारबाही गर्न उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरीले बताए ।




















गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल