नजिकिँदै गरेको चाडपर्व लाई लक्षित गरि जिल्ला बजार अनुगमन समिती धादिङले बजार अनुगमनलाइ तिब्र पारेको छ ।

नजिकिँदै गरेको चाडपर्व लाई लक्षित गरि जिल्ला बजार अनुगमन समिती धादिङले बजार अनुगमनलाइ तिब्र पारेको छ । चाडपर्वको समयमा उपभोक्ता हरु ठगिन सक्ने भन्दै अनुगमन समितिले आज जिल्लाको निलकण्ठ नगरपालिकाको वडा नं ३ र ८ मा संचालित विभिन्न खाद्यन्न तथा तरकारी पसल र होटलहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा समितिले निलकण्ठ नगरपालिका वडा नं ८ को गुप्ता सप्लायर्स र वडा नं ३ को पोखरेल किराना पसल लाई क्रमशः रु . ५००० जरिवाना गरेको छ त्यस्तै, तुलसी सप्लायर्स र एवान मिठाइ एण्ड खाजा घर लाई क्रमशः रु. १५००० जरिवाना गरेको छ । उपभोक्तलाई झुक्याइ म्याद गुज्रिएको सामाग्री बिक्री गरेको, रङ्ग प्रयोग भएको अखाद्य बस्तु बिक्रि गरेको, मूल्यसूची नराखेको,पसल सरसफाइ नभएको, सामाम किन्दा र बिक्रि गर्दा खरिद तथा बिक्रि बिल प्रयोग नगरेको र आवश्यक मापदण्ड पूरा नगरी संचालनमा रहेका उक्त पसलहरुलाई जरिवाना गरिएको जिल्ला बजार अनुगमन समिति धादिङका संयोजक एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरिले जानकारी दिनुभएको छ ।

चाडबाडमा व्यापारीमार्फत उपभोक्ता ठगिने क्रम रोक्ने लक्ष्यसहित उद्योग तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा विभाग र जिल्ला प्रशासन कार्यालय लगायतको संयुक्त टोलीबाट बजार अनुगमन तीव्र बनाएको हो ।चाडपर्वको मौकामा हुने उपभोक्ता शोषणलाई नियन्त्रण गर्न गरिएको यस्तो अनुगमनले बजारमा अनुशासन कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
































गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल