ऐतिहासिक टी–२० शृङ्खला आजदेखि शुरू हुँदै,नेपाल र वेस्ट इन्डिज बीच

शनिबार, आश्विन ११, २०८२

theme

ऐतिहासिक टी-२० नेपाल र वेस्ट इन्डिजबीचको खेल अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ ।

 

 

 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेल्न लागेको हो । आइसिसी टी-२० विश्वकप २०२६ को एसिया छनोटको तयारीमा रहेको नेपालले दुई पटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग आज शुक्रबारको पहिलो खेल शारजाह मैदानमा नेपाली समयअनुसार राति ८:१५ बजे सुरू हुनेछ । सिरिज युएईमा हुने भए पनि आयोजक भने नेपाल हो । जसका कारण क्यानका आधा दर्जन कर्मचारीसहित अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र सचिव पारस खड्कासहितका कतिपय केन्द्रीय सदस्यहरू युएई पुगेका छन् ।

 

 

वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा सुरुमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ। सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ। ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ । अरु समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन् ।  तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ । 

सिरिजको तालिका
पहिलो टी-२० आई : असोज ११, शारजाह
दोस्रो टी-२० आई: असोज १३, शारजाह
तेस्रो टी-२० आई: असोज १४, शारजाह

नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल