राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा हाइस गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गाडी सडकबाट करिब चार सय मिटर तल खोलामा खसेको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २ ख ६५०२नम्वरको हाइस गाडी गएराती दुर्घटना घटनास्थलमै तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना महिला र दुई जना पुरुष रहेका छन् मृतक र घाईतेहरुको पहिचान खुलेको छैईन,अन्य केहि घाईते रहेका छन् । घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल