धादिङ्ग तरुन दलको उपाध्यक्ष्य राधाकृष्ण भण्डारीद्वारा संयुक्त अपांग एकता आवाज केन्द्रलाई खसी सहयोग

आइतबार, आश्विन १२, २०८२

theme

धादिङका युवा नेता राधाकृष्ण भण्डारी (राधे) युवा ब्याबसायि,समाजसेबि,नेपाली कांग्रेससँग आवद्ध तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारीले सामाजिक उत्तरदायित्व वहन गर्दै बालबालिकालाई दशैं मनाउनका लागि खसि र केहि सामाग्रिहरु सहयोग गरेका छन् ।

 

 

मैले विगतका वर्षहरुमा पनि खसी सहयोग गर्दै आएको छु । अपांगता भएका व्यक्तिहरूलाई आत्मबल अभिवृद्धि गर्न र चाडपर्वमा पनि उनीहरूलाई खुशी बाँड्ने उद्देश्यले खसी हस्तान्तरण गरेका हुन् । अपांगता भएका व्यक्तिहरू समाजका अभिन्न अंग भएको उल्लेख गर्दै सबैले आफ्नो हैसियतअनुसार सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । भण्डारीले भने,अपांगता भएका दाजुभाइ र दिदीबहिनीहरूलाई खुशी बाँड्न पाउनु नै ठूलो सौभाग्य हो । मेरो यो सानो सहयोगले ति अनाथ तथा असहाय बालबालिकाको मुहारमा दशैंको खुषी छाउने विश्वास गरेको छु । यस वर्षपनि मैले खसी दिएको छु,उनले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णमा रहेको सँयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अनाथ तथा असहाय बालबालिकालाई दशैं मनाउनका लागि खसी उपहार दिएका हुन् । विगतका वर्षहरुमा राधे आफै पुगेर खसी हस्तान्तरण गर्थे भने यस पटक आफू प्रत्यक्ष उस्थिति हुन नसकेपछि भाई अनमोल भण्डारी पठाएका थिए । हामी सबैले सक्ने सहयोग गरे यस्ता समस्यामा परेकाहरुलाई दुःखको घाउमा मल्हम बन्न सक्छ । यस्ता सामाजिक कार्य र सहयोग भावी दिनमा पनि निरन्तर रहनेछ । भण्डारी धादिङका युवा नेता तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । राजनितिमा भविष्य खोज्दै गरेका भण्डारीले पछिल्लो समय सामाजिक कार्यमा झुकाव राख्दै आएका छन् । ओखर न्यूज डट कमसँग भने,आगामी दिनमा अझै समाज सेवामा लाग्नेछु ।

 

 

उक्त संयुक्त अपाङ्ग एकता आवाज केन्द्र तिलबहादुर कार्कीले सहयोगीहरु लाइ धन्यवाद तथा सम्मान गरेका छन । तरुण दल उपाध्यक्ष भण्डारीको योगदानलाई स्थानीयहरूले प्रशंसा गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
67%

33%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल