ads

आज आईसीसी टी–२० विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्दै नेपाल

बुधबार, आश्विन २२, २०८२

theme

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू,पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । 

 

 

अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदान टर्फ–१ मा हुने यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान छन् । नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ,भने आजै समुह ए का कतार र युएई तथा समुह सी का ओमान र सामोआ पनि खेल्दैछन् ।  प्रतियोगितामा छनोट भएका ९ टोली सहभागी छन् । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

 

 

क्यानले विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा,दीपेन्द्र ऐरी (उपकप्तान),कुशल भुर्तेल,लोकेश बम,कुशल मल्ल,आसिफ सेख,मोहम्मद आदिल आलम,करण केसी,नन्दन यादव, सन्दीप लामिछाने,सन्दीप जोरा, आरिफ सेख,ललित राजवंशी,गुल्शन झा र सोमपाल कामी रहेका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल