आइसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा आज नेपाल र जापानबीच समूह चरणको अन्तिम खेल खेलिनेछ,जसले समूह विजेता टुंगो लगाउनेछ ।

ओमानको मस्कट स्थित अल अमेरत क्रिकेट ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । यी दुई टिम टि ट्वान्टी आइमा पहिलो पटक आमनेसामने हुँदैछन् । यसअघि बुधबार नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित निकालेको थियो ।समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा जापानले कुवेतलाई पाँच विकेटले पराजित गरेसँगै नेपाल र जापान दुबै टोलीले अन्तिम छ टोली (सुपर सिक्स) मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । लगातार दुई हार बेहोरेको कुबेत प्रतियोगिताबाट बाहिरियो । नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ । समूह चरणको अन्तिम खेलको विजेताले ‘सुपर सिक्स’मा अतिरिक्त अंक लिएर जानेछ । त्यसैले दुवै देशमाथि आजको खेल जित्नै पर्ने दबाब छ ।

‘सुपर-६’ चरणमा प्रत्येक टोलीले चार-चार खेल खेल्नेछन् । एउटै समूहबाट आएका दुई टोलीबीच भने ‘सुपर-६’ चरणमा भिडन्त हुनेछैन । त्यसपछि ‘सुपर-६’ चरणको अंक तालिकामा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने तीनवटा टोली सन् २०२६ मा आयोजना हुने विश्वकपमा छनोट हुनेछन् । ‘सुपर-६’ चरणको अंक तालिकामा चौथोदेखि छैटौं स्थानसम्म आउने टोलीको भने विश्वकप खेल्ने सपना समाप्त हुनेछ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल