अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सुनौलो भैरवी माध्यामिक विद्यालयकी सञ्जिवनी पौडेल प्रथम भएकी छिन् ।
धादिङ जिल्लाभरिका १३ स्थानीय तहका ३२ जना विद्यार्थीहरू बीच "युवा पुस्ताको चाहना : असल नेतृत्व र इमान्दार राजनिति'' शिर्षकमा विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएका थिए ।सञ्जिवनी पाेखरेल प्रथम र इशा थापा दुबैजनाको अंक समान भएपछि आयोजकले गोला प्रणाली अपनाउँदै सुनौलो भैरवी माध्यामिक विद्यालयकी सञ्जिवनी पौडेल प्रथम भएकी छिन् । यस्तै गल्छी गाउँपालिकाकी सूचना अधिकारी तृतीय भएकी छन् ।त्रिपुरासुन्दरी गाउँपालिकाकी सन्ध्या बिक चौथो र थाक्रेकी समृद्धि रुपाखेती पाँचौँ स्थानमा परेकी छन् । चौथो र पाँचौँ स्थान पनि अंक बराबर भएपछि गोला प्रणालीमार्फत निर्णय गरिएको थियो ।
प्रथम, द्धितिय, तृतिय, चौथो र सान्त्वना विद्यार्थीहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताले विद्यार्थीहरुमा क्षमता अभिवृद्धिका साथै आत्मविश्वास बढाएको समाजका अध्यक्ष राजन खकुरालले बताए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल