आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनौटमा जापानलाई हराउँदै,नेपाल समूह विजेता सुपर-६ मा

शनिबार, आश्विन २५, २०८२

theme

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा हिजो भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराउँदै समूह विजेता बनेर नेपाल सुपर सिक्सको समीकरण पूरा भएको छ ।

 

 

जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले १२ बलअघि ५ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ३८, गुल्सन झाले नटआउट २८ रन बनाए । जापानका शोमा स्लाटरले २ विकेट लिए । सुपर सिक्समा समूह-१ बाट युएई र कतार, समूह-२ बाट नेपाल र जापान तथा समूह-३ बाट ओमान सामोआ सुपर-६ मा पुगेका हुन् । अब नेपालले सुपर-६ मा आइतबार युएईसँग पहिलो खेल खेल्नेछ । दोस्रो खेलमा नेपालले कतारसँग सोमबार खेल्दा तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।नेपालले सुपर सिक्सको पहिलो खेल नेपाल र यूएईबीचको खेल आइतबार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

नेपालले ४ मध्ये ३ खेल जितेमा शीर्ष ३ मा पर्दै विश्वकपमा छनोट हुनेछ । २ जित मात्र निकालेमा रनरेटले छिनोफानो हुन सक्छ । सुपर-६ का शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् । शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल