नेपाली काँग्रेसमा विशेष महाधिवेशन बोलाउन नेताहरूबीच चहलपहल तीव्र बन्दै गएको छ । यही क्रममा धादिङ जिल्लाका १४ जना नेताले पनि विशेष महाधिवेशनको मागसहित हस्ताक्षर गरेका छन् ।

धादिङका १४ जना महाधिवेशन प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गर्दै पार्टीलाई बलियो, सक्षम र समयानुकूल “नयाँ काँग्रेस” बनाउन विशेष महाधिवेशन आवश्यक र नेतृत्व परिवर्तनको मागलाई संस्थागत ढंगबाट अघि बढाउन भन्दै उनीहरूले हस्ताक्षर अभियानमा सहभागिता जनाएका हुन् । संयुक्त पत्रमा भनिएको छ, “जेनजी आन्दोलनपश्चात् उत्पन्न विशेष राष्ट्रिय राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई बलियो र नयाँ काँग्रेस बनाउनका लागि नीति, नेतृत्व र संगठन सम्बन्धी विषयमा ठोस निर्णय गर्नु अपरिहार्य भएकोले यथाशीघ्र विशेष महाधिवेशन आह्वान गरियोस्।”

महाधिवेशन प्रतिनिधि ईश्वर अधिकारीका अनुसार, कांग्रेसलाई समयानुकूल रूपान्तरण गर्न र आन्तरिक असन्तुलन अन्त्य गर्न पार्टीमा विचार, नीतिगत स्पष्टता र संगठनात्मक सुदृढीकरणका लागि अब विशेष महाधिवेशन अपरिहार्य भएको बताए ।
यस अभियानको संयोजन नेपाली कांग्रेस धादिङका क्षेत्रीय सभापति राकेश धमलाले गरेका हुन् । उनले जिल्लाका अन्य प्रतिनिधि र कार्यकर्ताहरूसँग पनि निरन्तर परामर्श गर्दै अभियानलाई विस्तार गरिरहेको जनाएका छन् । धादिङ लगायत देशैभरिका काँग्रेस महाधिवेशन प्रतिनिधिहरूले बिशेष महाधिवेशन काे माग गर्दै हस्तान्तरण अभियान चलाएका छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल