वन संरक्षणमा योगदान पुर्‍याउने धादिङका १२ जनालाई विशेष सम्मान

सोमबार, आश्विन २७, २०८२

theme

वन तथा वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएका धादिङ जिल्लाका १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान प्रदान गरिएको छ । 

 

 

“प्रकृतिको अस्तित्व स्वीकार गरौं, संरक्षणको स्तर उकासौं” भन्ने नारासहित डिभिजन वन कार्यालय धादिङले आयोजना गरेको विशेष कार्यक्रममा ९ जना जीवित तथा ३ जना दिवंगत व्यक्तिलाई मरणोपरान्त सम्मान गरिएको हो । सम्मानित व्यक्तिहरूले लामो समयदेखि सामुदायिक वन संरक्षण, वृक्षरोपण, वन्यजन्तु संरक्षण, अवैध फडानी नियन्त्रण र जनचेतनामूलक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर के.सी.ले “हाम्रो अस्तित्व नै प्रकृतिसँग गाँसिएको छ। वन, पानी र वातावरणलाई जोगाउन सके मात्र भावी पुस्ताले सुरक्षित र स्वस्थ जीवन पाउनेछन्।” सामुदायिक सहभागितामार्फत वातावरण संरक्षणलाई थप प्रभावकारी बनाउन सबै सरोकारवालालाई धादिङ जिल्लामा सामुदायिक वन प्रणालीले वन क्षेत्र विस्तार, वन्यजन्तुको बासस्थान संरक्षण र जलवायु परिवर्तनका असर घटाउन ठुलो योगदान पु¥याइरहेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले , “वन जोगाउने अभियानमा स्थानीय सरकार अगाडि र समुदाय साथमा रहे वन तथा वातावरण संरक्षणमा थप उपलब्धि हासिल गर्न सकिन्छ। यो सम्मानले अरूलाई पनि संरक्षणमा संलग्न हुन प्रेरित गर्नेछ” उहाँले भन्नुभयो । त्यस्तै, डिभिजन वन कार्यालय धादिङका वन अधिकृत विष्णु प्रसाद आचार्यले वन संरक्षणमा समाजका अग्रणी व्यक्तिहरूले पु¥याएको योगदान अत्यन्तै प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। “हामीले आज सम्मान गरेका व्यक्तिहरूले वर्षौँदेखि समुदायमा बसेर वन संरक्षणलाई जीवनको अभिन्न अंश बनाएका छन्,” उहाँले भन्नुभयो, “यही समर्पणले हामीलाई वन संरक्षण अभियानलाई थप सशक्त बनाउन हौसला दिन्छ।” 

 

 

कार्यक्रमकै अवसरमा विद्यालय स्तरका बालबालिकाहरूलाई लक्षित गरी तयार पारिएको ‘वातावरण शिक्षा’ नामक पुस्तक पनि सार्वजनिक गरिएको छ ।  कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि र सर्वसाधारणको उपस्थिती रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल