नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज नेपालको यात्रा यूएई र सामोआबीच हुने खेलमा भर पर्न पुगेको छ ।

छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन् । आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ । नेपाल र ओमानसबीचकाे खेल अल अमिरात क्रिकेट मैदानमा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ । सुपर–सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेट रन रेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ । टी-२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ८ पटक भिडेका छन् । जहाँ नेपालले ५ खेल जित्दा ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ । सुपर–सिक्समा अहिले संयुक्त अरब इरिमेट्स (यूएई) र सामोआबीच खेल भइरहेको छ । यो खेल यूएईले जितेमा नेपाल र ओमान आफ्ना २ खेलअघि नै विश्वकपमा पुग्नेछन् ।

आजको खेलमा जित हात पार्ने टोली सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा छनोट हुने छ । नेपालले सुपर–सिक्सको अन्तिम खेलमा पर्सि शुक्रवार सामोआसँग खेल्नेछ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल