नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज नेपालको यात्रा यूएई र सामोआबीच हुने खेलमा भर पर्न पुगेको छ ।

छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन् । आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ । नेपाल र ओमानसबीचकाे खेल अल अमिरात क्रिकेट मैदानमा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ । सुपर–सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेट रन रेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ । टी-२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ८ पटक भिडेका छन् । जहाँ नेपालले ५ खेल जित्दा ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ । सुपर–सिक्समा अहिले संयुक्त अरब इरिमेट्स (यूएई) र सामोआबीच खेल भइरहेको छ । यो खेल यूएईले जितेमा नेपाल र ओमान आफ्ना २ खेलअघि नै विश्वकपमा पुग्नेछन् ।

आजको खेलमा जित हात पार्ने टोली सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा छनोट हुने छ । नेपालले सुपर–सिक्सको अन्तिम खेलमा पर्सि शुक्रवार सामोआसँग खेल्नेछ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ