छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सुर्यलाई पूजा आराधना गरी धादिङमा धुमधामका साथ मनाइँदै छ ।

केही वर्षअधिसम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व अहिले विशेष गरी मधेसी समुदायले मनाउने यो पर्व अचेल पहाडी समुदायमा समेत त्यतिकै लोकप्रिय बन्दै गएको छ ।ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।
धादिङमा छठ पर्व व्रतालु परिवारको संयोजनमा छठ पर्वको आयोजना गरिएको हो । छठ पर्वका लागि धादिङबेसीको अरुण खोलाको नदी किनारमा सजावट गरिएको छ । धादिङ जिल्लामा बसोबास गर्ने मधेशी मूलका हिन्दु धर्मावलम्त्रीहरुको अग्रसरतामा आयोजित छठ पर्वमा अन्य समुदायको पनि बाक्लो उपस्थिति रहेको छ । तराई भेगमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरुले मनाउने छठ पर्व विस्तारै नेपालभर विस्तार हुँदै गएको छ ।



गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल