मिति २०८२।०५।२४ गते भएको प्रदर्शनका क्रममा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न रही हतियार प्रदर्शन गर्ने १५ जना पक्राउ परेका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी र विभिन्न ठाउँमा लुटपाट गर्ने १५ जना पक्राउ गरेको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार कञ्चनपुरका २० वर्षीय विकाश आग्री, २७ वर्षीय भुवन शाही, २५ वर्षीय अनिल बुढा, महोत्तरीका २५ वर्षीय सुजन वाईवा, २४ वर्षीय गोबिन्दकुमार ठाकुर र दोलखाका २४ वर्षीय युबराज भण्डारी पक्राउ परेका छन् । यसैगरी गोरखाका २१ वर्षीय निखिल भुजेल, दोलखाका २१ तीर्थमान तामाङ, मकवानपुरका २७ वर्षीय राजेश तामाङ, काठमाडौंका ३२ वर्षीय मोहन तामाङ, नुवाकोटका ३१ वर्षीय सुवाष तामाङ, सिन्धुलीका २५ वर्षीय सुचेन तामाङ, काभ्रेका ४१ वर्षीय सुवाष गोतामे, सिन्धुपाल्चोकका २९ वर्षीय सविन राई पक्राउ परेका हुन्। यस्तै, भारत राजस्थान प्रदेश जयपुरका घर भइ काठमाडौं बस्दै आएका २४ वर्षीय सोयव खान पनि पक्राउ परेको उनले बताए ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल