सल्यानटारमा अपाङ्गता भएका व्यक्तिहरूलाई रिचार्जेबल ह्विलचियर वितरण (तस्विरहरू )

शुक्रबार, कार्तिक १५, २०८२

theme

 

तस्बिर - दिलिप श्रेष्ठ  

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–स्थित सल्यानटारमा अपाङ्गता भएका आठ जना व्यक्तिहरूलाई रिचार्जेबल ह्विलचियर वितरण गरिएको छ ।  

 

 

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीको पहलमा तथा धादिङ नेपाली समाज अमेरिका अध्यक्ष एवं समाजसेवी 

टक बहादुर रुवालीको समन्वयमा, गाउँपालिकास्थित सल्यानटारका आठ जना अपाङ्गता भएका व्यक्तिहरूलाई 

रिचार्जेबल ह्विलचियर वितरण गरेको हो । एक पटक चार्ज गरेपछि करिब १५ किलोमिटरसम्म आवतजावत गर्न सकिने र अरूको सहयोग बिना नै सहज रूपमा प्रयोग गर्न मिल्ने सुविधा सम्पन्न ह्विलचियरहरू वितरण गरिएको हो ।

ह्विलचियर प्राप्त गर्ने व्यक्तिहरू यसप्रकार छन् —
१. रामबहादुर पाण्डे
२. लुरे विक
३. अम्बिका रिजाल
४. अन्जन श्रेष्ठ
५. कुन्जे माइला दरै
६. टिकानिधि बसौला
७. कुम्भ कुमारी गिरी
८. अमृता कुमाल

रिचार्जेबल ह्विलचियर प्राप्त गरेका लाभग्राहीहरूले यस्ता सहयोगले आफ्नो दैनिकी सजिलो भएको भन्दै आयोजक संस्था र सहयोगीलाई धन्यवाद दिएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल