हरिबोधिनी एकादशी आज तुलसी–शालिग्रामको विवाह गरी मनाइँदै

शनिबार, कार्तिक १६, २०८२

theme

आज कार्तिक शुक्ल एकादशी हरिबोधिनी (प्रबोधिनी) हरिबोधनी एकादशीलाई वर्षभरमा पर्ने चौबीस एकादशीमध्ये सबैभन्दा पवित्र र महत्वपूर्ण त्यसैले यो एकादशीलाई सामान्यतया ‘ठूलो एकादशी’ पनि भनिन्छ ।

 

 

हिन्दू धर्मअनुसार एकादशीको दिन भगवान विष्णुको आराधना र उपासना गरि तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । चार महिनादेखि योगनिद्रामै रहेका भगवान् विष्णु आज उठ्नुभएको विश्वास गरिँदै आएको छ । यो दिनलाई हिन्दू धर्मावलम्बीहरूले अत्यन्त शुभ र पवित्र मान्छन् । हरिबोधिनी एकादशीलाई तुलसी विवाहको दिनका रूपमा पनि चिनिन्छ ।
आजको दिन तुलसी विवाहको अवसरमा मन्दिर र घर आँगनमा रंगीन सजावट, दीप प्रज्वलन, फूलमाला र भजन–कीर्तन गरि तुलसी र शालिग्राम (भगवान् विष्णुको प्रतीक) बीच वैवाहिक विधि सम्पन्न गरिन्छ । तुलसी–शालिग्रामको विवाह गरेपछि मात्र कार्तिक महिनाका धार्मिक कार्यहरू, पूजापाठ र शुभकर्महरू सुरु हुने परम्परा छ ।

 

 

यस दिन भक्तजनहरूले भगवान विष्णुलाई सख्खरखण्ड, पिँडालु, कन्दमूल र फलफूल अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्छन् । देशभरका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । श्रद्धालुहरूले उपवास बसेर भगवान् विष्णु र तुलसीको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति र समृद्धिका लागि पूजा गर्ने चलन पनि रहेको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल