अफगानिस्तानमा सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

६.३ म्याग्निच्युडको भूकम्प गएपछि कम्तिमा पाँचवटा पराकम्प आएका छन् । जसमा सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको रहेको सिएनएनले जनाएको छ । अफगान अधिकारीका अनुसार चार जनाको मृत्यु भएको छ । मजार–ए–शरिफका बासिन्दाहरू मध्यरातमा घर भत्किने डरले सडकमा निस्किएका खबरमा उल्लेख छ । युएसजिएसले आर्थिक र मानवीय क्षतिको उच्च सम्भावना जनाउँदै 'ओरेन्ज अलर्ट' जारी गरेको छ । उक्त चेतावनीमा भनिएको छ,जनधनको ठूलो क्षति हुने सम्भावना छ । मजार–ए–शरीफको ऐतिहासिक ब्लू मस्जिदमा समेत ठूलो क्षति पुगेको बताइएको छ ।

भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल