धादिङको थाक्रे गाउँपालिका–७ सातकिलामा सोमबार बेलुका भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एकजना घाइते भएका छन् ।

काठमाडौँबाट महादेवबेसीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको प्रहरीले जनाएको छ । ठक्करपछि काठमाडौँबाट चितवनतर्फ ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ना ६ ख ३०१३ नम्बरको ट्रकको अगाडिको टायरमुनि परेर बा ७० प १६५१ नम्बर मोटरसाइकल चालक थाक्रे गाउँपालिका–६ का ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

दुर्घटनामा अर्को मोटरसाइकल चालक गजुरी गाउँपालिका–१ निवासी ३० वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ। दुर्घटनापछि फरार रहेका ट्रक चालक बेनीघाट–रोराङ गाउँपालिका–५ निवासी ३५ वर्षीय धनबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल