गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना,कोशी प्रदेशमा सबैभन्दा धेरै ४२ वटा

बिहीबार, कार्तिक २१, २०८२

theme

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको असोज महिनामा देशभर एक सय ८५ वटा आगलागीका घटना भएका छन् ।

 

 

असोजमा आगलागीबाट ५३ घर र १९ गोठमा क्षति पुग्दा १० जना विस्थापित भएका छन् भनी  आगलागीका घटनामा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । यस्तै आगलागीमा परी २० चौपाया मरेका छन् ।असोज महिनामा भएका आगलागीमध्ये सबैभन्दा बढी घटना तराईका जिल्लाहरूमा दर्ता भएका छन् । असोज महिनामा प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा धेरै ४२ वटा आगलागीका घटना भएका छन् । यस्तै मधेशमा ४०, बागमतीमा ९ , गण्डकीमा १८, लुम्बिनीमा ३०, कर्णालीमा १२ र सुदूरपश्चिममा १८ वटा आगलागीका घटना भएका प्रहरीको तथ्याङ्क छ । यस्तै काठमाण्डौ उपत्यका आगलागीका १६ वटा घटना भएका छन् ।

 

 

आगलागीका घटनाबाट पाँच करोड १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ,केही घटनामा स्थानीय बासिन्दा र दमकलकर्मीको सक्रियतामा आगो नियन्त्रणमा लिन सफल भए पनि कतिपय ठाउँमा ढिला सूचना र पानी अभावका कारण ठूलो क्षति पुगेको छ । यस अवधिमा एक हजार तीन सय ३० जना प्रहरी परिचालन भएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल