धादिङमा जनस्वास्थ्यका उपलब्धि र चुनौतीमाथि केन्द्रित समीक्षा गोष्ठी सुरु

शनिबार, कार्तिक २३, २०८२

theme

आज जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले चालु आर्थिक वर्षको उपलब्धि, चुनौती र आगामी योजना समीक्षा गर्ने उद्देश्यले दुईदिने वार्षिक समीक्षा गोष्ठी सुरु गरेको छ । 

 

 

गोष्ठीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलेले धादिङ जिल्लामा पछिल्लो समय स्वास्थ्य पूर्वाधारमा सुधार भए पनि जनशक्ति अभाव र सेवा विस्तारमा चुनौती रहेको छ । अनुगमन र नियमन कार्यमा स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यलयले त्यसमा सघाउने प्रतिबद्धता जनाउनुभयो । जनस्वास्थ्य कार्यलय धादिङका प्रमुख अर्जुन पौडेलको अध्यक्षता कार्यक्रममा जनस्वास्थ्य कार्यलय र स्थानीय सरकारबीच सहकार्यका क्रममा देखा परेका चुनौतीहरू समाधान गर्न तथा बाँकी कामहरू प्रभावकारी रूपमा सम्पन्न गर्न यो समीक्षा गोष्ठी महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले स्वस्थ जीवनका लागि स्वस्थ बानी–व्यवहार, सन्तुलित खानपान र नियमित योग अभ्यासजस्ता व्यायाममा ध्यान दिन आग्रह गर्नुभयो । 

 

 

दुई दिनसम्म चल्ने उक्त गोष्ठीमा प्रत्येक स्थानीय तहबाट प्रस्तुतिकरण, छलफल र आगामी कार्ययोजना तय गरिने जनाइएको छ । गोष्ठीमा सहभागिहरूले स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्य, समुदायस्तरको जनचेतना अभिवृद्धि, रोगको प्रारम्भिक पहिचान र रोकथाम कार्यक्रम प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

 

 

कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माको,बागमती प्रदेश, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटा, बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख श्री डा. खगेश्वर गेलाल, नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णु रिजाल,जिल्लाभरका स्वास्थ्य संस्थाका प्रमुखहरू,स्थानीय तहका स्वास्थ्य संयोजक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको पनि आतिथ्यता रहेको थियो ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल