दाङमा जुकाको औषधि घाँटीमा अड्किएर एक १८ महिने बालिकाको मृत्यु भएको छ ।

राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम सञ्चालित थियो । दाङको गढवा गाउँपालिका–४, अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुनाको परिवारका अनुसार बालिकालाई नियमित स्वास्थ्य सेवा अन्तर्गत जुकाको औषधि खुवाइएकाे थियो । तर, औषधि ननिल्दै घाँटीमा अड्किएपछि बालिकालाई तत्काल नजिकको स्वास्थ्य संस्था पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।

प्रहरी निरीक्षक बमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शव परीक्षण गरी परिवारलाई बुझाइएको जानकारी दिए । अनुसन्धानका लागि प्रक्रिया अघि बढाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि थप प्रस्ट हुने प्रहरी निरीक्षक बमले जानकारी दिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल