धादिङमा मतदाता नामावली संकलनको काम तिब्र, हाल सम्म १२५८ नयाँ मतदाता थपिए

बुधबार, कार्तिक २७, २०८२

theme

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार हाल सम्म नयाँ मतदातामा नाम दर्ता गराउने कुल १ हजार २५८ जना थपिए ।

 

 

निर्वाचन तालिका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट मात्रै नामावली सङ्कलनको व्यवस्था मिलाइएको छ । नयाँ नामावली दर्ताका लागि अनलाइन फारम भरेर कार्यालयमै आउनुपर्ने र स्थानीय तहबाट नामावली दर्ता तथा अद्यावधिकको काम नभएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । निर्वाचनको मिति घोषणा असोजको ९ गतेपछि अहिलेसम्म धादिङ जिल्लामा १२५८ जनाले मतदाता नामावली मा नाम दर्ता गराएको र जसमा महिला ५२०, पुरुष ७३८ रहेका छन् त्यस्तै ठाउँसारी तर्फ ४०७ जना जसमा महिला २५७, पुरुष १५० जना र त्रुटि सच्चाइएको १४२ जना जसमा महिला ४८ जना,पुरुष ९४ जना रहेको  जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।  २०८२-०७-२५ गते सबैभन्दा धेरै १६४  जनाको नामावली सङ्कलन गरिएको,जसमा महिला ८०, पुरुष ८४ जना रहेको निर्वाचन कार्यालय धादिङले जनाएको छ । 

 

 

जिल्ला निर्वाचन कार्यालयलाई कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम गर्नु भनी आएको परिपत्रअनुसार दैनिक नयाँ मतदाता नामावली दर्ता,ठाउँसरीका लागि भने बसाइसराइको दर्ता प्रमाणपत्र अथवा विवाह दर्ताको प्रमाण अनिवार्य रहेको र त्रुटि सच्चाउने यस्तै नागरिकता नम्बर सच्चाउने, नाम, बाबु आमाको नाम तथा निर्वाचन स्थललगायत त्रुटिसमेत सच्चाउने काम गर्न सकिने कार्य कार्यालयबाट भइरहेको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख तथा निर्वाचन अधिकारी शिव गुरुङले जानकारी दिए ।

 

 

धादिङमा पछिल्लो अद्यावधिक मतदाता नामावली अनुसार धादिङमा २६७३४१,मतदाता रहेका छन्,जसमा महिला १३१०६२, पुरुषको सङ्ख्या १३६२७२ रहेको छ । धादिङ जिल्लामा ११४ मतदान स्थल रहेका छन् भने मतदाताको सङ्ख्याका आधारमा केन्द्र व्यवस्थापन गरिनेछ । कात्तिक ३० गतेसम्म जिल्लामा मतदाताको सङ्ख्या केही मात्रामा बढ्ने देखिएको निर्वाचन कार्यालयको अनुमान छ ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल