धादिङ उद्योग वाणिज्य संघले ३२औं वार्षिक साधारण सभा र ३४औं स्थापना दिवस धुमधामका साथ सम्पन्न (तस्बिरमा हेर्नुहोस्)

बिहीबार, कार्तिक २८, २०८२

theme

धादिङ उद्योग वाणिज्य संघले आफ्नो ३२औं वार्षिक साधारण सभा तथा ३४औं स्थापना दिवस धुमधामका साथ सम्पन्न  भएको छ । सँस्थाका अध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षता तथा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतित्थ्यतामा धादिङ उद्योग बाणिज्य संघको सभाहलमा आज साधारण सभा  सम्पन्न भएको छ ।

 

 

साधारणसभाको खुल्ला सत्रमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले प्रत्येक आन्दोलनमा उद्योग, व्यवसाय र निजी सम्पत्ति निशानामा पर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरे । भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै जेन–जी समूहले पवित्र उद्देश्यका साथ विद्रोह गरेको भएपनि अवाञ्छित तत्वको घुसपेठले सरकार र नीजि क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको दावी गर्नुभयो । नीजि क्षेत्र सबैभन्दा धेरै कर तिर्ने, रोजगारी सिर्जना गर्ने र निर्माण समेत गर्ने संस्था भएकोले आगामी दिनमा नीजि क्षेत्रलाई कुनै पनि समूहको टार्गेटमा पर्न नदिन र यसले भोगेका समस्या समाधान गर्न सरकारसँग माग पनि गर्नुभयो । जेन–जी विद्रोहको बेला औधोगिक प्रतिष्ठानहरुमा भएका तोडफोड र आगजनी घुसपेठकै कारण भएको हो ।अब तोडफोड र हमलामा नपरोस् भन्नुभयो अब हुनेछैन भन्ने कुरा विश्वास दिलाउन चाहान्छु ।

 

 

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले स्थानीय व्यवसाय, रोजगारी र आर्थिक समृद्धिमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उद्योगी–व्यापारीहरूलाई थप उत्पादनमुखी र दिगो व्यापारतर्फ अघि बढ्न आग्रह गर्दै उद्योग वाणिज्य संघले गर्दै आएका हरेक गतिविधीहरुमा जिल्ला प्रशासन कार्यलय धादिङले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । व्यवसायीहरुले सकारात्मक सोच र ग्राहकहरुको सेवा गर्ने भावले व्यवसाय सञ्चालन गर्नुपर्ने साथै आगामी दिनहरुमा पनि अझै राम्रो काम गर्दै जान शुभकामना दिनुभयो ।

 

 

उद्घाटन कार्यक्रममा बोल्दै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले संघले जिल्लाभरका व्यवसायीहरूको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनले भने,धादिङको आर्थिक विकासका लागि उद्योग र वाणिज्य क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण छ, त्यसका लागि संघ निरन्तर क्रियाशील रहनेछ । सबै उद्यमी व्यवसायीहरुको अपनत्व हुने गरी विकसित गर्न सदस्यता प्रकृयालाई सदैव खुल्ला गरिरहेको जानकारी दिनुभयो । संघले संचालन गरेका गतिविधिहरु सबैमाझ पु¥याउन संघको वेवसाइट तयार गर्ने र सदस्यतालाई डिजिटलाइज गर्न शुरु गरिएको उहाँले बताउनुभयो । अधिवेशनको बेला मात्रै आकांक्षी उम्मेदवारहरु मध्येबाट व्यवसाय नविकरणको ठेक्का लगाउने प्रवृत्ति अन्त्य गरी पारदर्शी, जवाफदेही र व्यवसायिक संस्था बनाउने प्रयत्न जारी रहनी छ ।

 

 

कार्यक्रममा संघका पूर्वअध्यक्ष छिमेकी जिल्ला चितवन,लमजुङ,गोरखा,गैंडाकोट,मकवानपुर संघका पदाधिकारी,कार्यसमिति सदस्य,वस्तुगत संघका अध्यक्ष,साधारण सदस्य,एवं संघका कर्मचारी, जिल्लाभरका उद्योगी, व्यापारी, स्थानीय निकायका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवाला निकायका अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त कार्यक्रम संघका महासचिव तिलक सिंखडाले सञ्चालन गर्नुभएको थियो । 

 

 

धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले जिल्लाभित्र रहेका गौरवशाली र दीर्घकालीन प्रभाव पार्ने योजनाहरू समयमै सम्पन्न गराउन नेपाल उद्योग वाणिज्य महासंघले विशेष पहल गर्नुपर्ने बताएका छन् ।  विशेषगरी बुढी गण्डकी जलविद्युत आयोजना धादिङको मात्र होइन, समग्र देशकै आर्थिक रूपान्तरणको आधार बन्न सक्ने आयोजना भएको उल्लेख गर्दै उक्त आयोजना समयमै निर्माण सम्पन्न गर्न सबै तहका सरोकारवाला निकायहरू गम्भीर र उत्तरदायी हुनुपर्नेमा जोड दिए । जिल्ला स्तरमा सञ्चालनमा रहेका विभिन्न विकास आयोजनाहरू दीर्घकालसम्म ढिलाइ भइरहेकाले ती योजना छिटो सम्पन्न गर्न महासंघको सक्रिय सहयोग अपरिहार्य रहेको बताए ।उनका अनुसार, यदि बुढी गण्डकी जलविद्युत आयोजना तोकिएको समयमा बन्न सक्यो भने धादिङको आर्थिक समृद्धि मात्र होइन, देशकै ऊर्जा आत्मनिर्भरता र औद्योगिक उत्थान सम्भव हुनेछ ।

 

 

साधरण सभाको बन्द सत्रमा संघका महासचिव तिलक सिंखडा र कोषाध्यक्ष तिलक ढुंगानाले सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले वार्षिक प्रतिबेदन तथा लेखा प्रतिवेदनमा छलफल गरी पारित गरेको छ । 

 

तस्बिर - ओखर न्यूज डट कम

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50%

0%

0%

50%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल